सर्वेक्षण परिचय

सन् १९९५ मा अन्तराष्ट्रिय सहकारी महासंघ (आईसीए) ले सहकारी परिचयसम्बन्धी आधिकारिक धारणासहितको विवरण ‘स्टेटमेन्ट अन कोअपरेटिभ आइडेन्टीटी’ लागू गर्यो । त्यसलगत्तै धेरै सरकार र बहुराष्ट्रिय कम्पनीहरुसँगै आईसीएले पनि यसको सारलाई आफ्नो विनियममा समाविष्ट गर्यो ।
उक्त विवरणले आईसीए स्थापनाको आधारशिला मानिएको सहकारी सिद्धान्त तथा यसका नैतिक मानकहरुलाई थप प्रष्ट पार्दछ, सहकारी प्रारुपलाई परिभाषित गर्दछ र सहकारी सञ्चालनका सात विश्वव्यापी सिद्धान्त सबै प्रकारका सहकारी व्यवसायमा लागू हुने उल्लेख गर्दछ ।
यसले सहकारीलाई साझा मूल्यमा आधारित विश्वव्यापी सिद्धान्तको बलमा सञ्चालन हुने एक मात्र व्यावसायिक प्रारुप भएको दाबी प्रस्तुत गर्दछ । आईसीएले सन् २०२१ मा सहकारी सञ्चालन र सुशासनमा सहकारीका सर्वव्यापी सिद्धान्तहको प्रयोग गर्न सहज होस् भन्ने हेतुले सन् २०१५ मा सहकारी सिद्धान्तहरुसम्बन्धी मागदर्शक नोटहरु (Guidance Notes to the Cooperative Principles) प्रकाशित गरेको थियो ।

सहकारी परिचयलाई थप घनिभूत बनाउन दक्षिण कोरियाली राजधानी सोलमा डिसेम्बर २०२१ मा सम्पन्न ३३ औं विश्व सहकारी सम्मेलनले सहकारी परिचय थप सशक्त बनाउन तथा सयमको परीक्षणमा यो कति खरो उत्रेको छ भन्ने यर्थाथ पत्ता लगाउन बृहत्त छलफल तथा पुनरावलोकन सुरु गरेको थियो ।
आईसीए सञ्चालक समितिको सोच अनुरुप सहकारी परिचय सल्लाहकार समूह कोअपरेटिभ आइडेन्टीटी अड्भाइजरी ग्रुप) को अगुवाईमा उक्त काम सुरु गरिएको हो ।
सहकारी परिचय पूर्ण रुपमा परिभाषित छ ? के यसको बुझाईमा व्यापकता छ ? के सहकारीहरु यसको भावना अनुरुप काम गरिरहेका छन् ? यदि छैनन् भने किन ? समकालीन चुनौती र सम्भावनाहरु बीच सिद्धान्तहरुको पुनव्र्याख्या आवश्यक भएको हो ? सहकारीसम्बन्धी हाम्रा औपचारिक अभिव्यक्तिमा परिवर्तन वाञ्छनीय छ ? सहकारी परिचयका विषयमा सहकारीहरुको बुझाईमा बढोत्तरी गर्न तथा आफ्ना कामकारवाहीमा उनीहरुलाई सिद्धान्तअनुरुप काम गर्न स्वउत्प्रेरित हुने नयाँ औजारहरु विकास गर्न सकिन्छ ?

हाम्रो सहकारी परिचय आजको जस्तो संकटमा झनै बढी महत्वपूर्ण छ । तसर्थ सहकारी परिचयलाई थप गहिराईमा लान यस किसिमको परामर्शमा विश्व सहकारी समुदायको सहभागिता अत्यावश्यक हुन्छ । सल्लाहकार समूहलाई योजना निर्माणमा सहयोगका लागि विश्वभरका सहकारीहरु, उनीहरुका सदस्य तथा कर्मचारीहरु एवम्  सहकारीसँग अभ्यस्त अन्य व्यक्तिहरुलाई यो सर्वेक्षणमा सहभागी हुन अनुरोध गरिन्छ ।
मलाई आशा छ तपाईहरुले आफ्नो केही समय यो सर्वेक्षणका लागि छुट्याउनुहुनेछ र यसको लिङ्क अरुहरुलाई पनि उपलब्ध गराउनुहुनेछ ।
सर्वेक्षणका सम्बन्धमा केही जिज्ञासा भए, Kumar@ica.coop लाई सम्पर्क गर्नसक्नुहुनेछ ।

सर्वेक्षणको अन्त्यमा राखिएको प्रश्नले ‘तपाई वृहत् छलफलमा सहभागी हुन चाहनुहुन्छ ?’ भन्दछ र यदि इच्छुक हुनुहुन्छ भने तपाईलाई हामी हाम्रो इमेल सूचीमा राख्नेछौं र भावी कार्यक्रमहरुका बारेमा
 जानकारी गराउनेछौं । सहभागिताका लागि तपाईलाई धन्यवाद ।
 
अलेक्जेण्ड्रा विल्सन
अध्यक्ष, आईसीए सहकारी परिचय सल्लाहकार समिति
(ICA Cooperative Identity Advisory Group)

T