हामी को हौं: स्वास्थ्य सहयोगी भनेको साझेदारहरूको एउटा समूह हो, जसले ग्रेटर सिन्सिनाटी क्षेत्रका लागि असाधारण स्वास्थ्यको दृष्टिकोणलाई महसुस गर्न सँगसँगै मिलेर काम गरिरहेको छ। हामी सबैजनालाई गुणस्तरीय, सस्तो र पहुँचयोग्य स्वास्थ्य सेवामा पहुँच छ भन्ने कुरा सुनिश्चित गर्न प्रतिबद्ध रहेका छौं।

यस परियोजनाको उद्देश्य: अझ स्वस्थ समुदाय बन्न के आवश्यक छ भनेर बुझ्न। 

तपाईंलाई के सोधिएको छ: यस समुदायको हिस्साको रूपमा, तपाईंलाई आफ्नो स्वास्थ्यको बारेमा एउटा सर्वेक्षण पूरा गर्न भनिएको छ।

तपाईंलाई सर्वेक्षणमा के-के कुरा सोधिनेछ: सर्वेक्षणले तपाईंको स्वास्थ्यको बारेमा आधारभूत प्रश्नहरु, के कुराले स्वस्थ बन्न सजिलो वा गाह्रो बनाउँदछ र हाम्रो समुदायले तपाईंको स्वास्थ्यलाई कसरी सहयोग गरिरहेको छ भनेर सोध्नेछ।

यो सर्वेक्षण नाम नखुलाई अज्ञात रुपमा गरिनेछ (तपाईंको पहिचान कसैलाई थाहा हुँदैन) र तपाईंका जवाफहरू अरुलाई बताइदैँन।

यो सर्वेक्षणको अन्त्यमा, तपाईंलाई $100 अमेजन गिफ्ट कार्डको लागि चिट्ठा मा सहभागी हुने अवसरको लागि छुट्टै पृष्ठमा लिंक गराइनेछ। त्यहाँ दुईवटा चिट्ठा हुनेछन् त्यसैले तपाईंले दुईवटा जित्ने मौका पाउनुहुनेछ। चिट्ठामा सहभागी हुनको लागि, तपाईंलाई आफ्नो नाम र फोन नम्बर वा इमेल ठेगाना सोधिनेछ। तपाईंको चिट्ठाको इन्ट्री तपाईंको सर्वेक्षणसँग मेल खान सक्दैन।

सहयोग वा प्रश्नहरूको लागि कसलाई सम्पर्क गर्ने: Measurement Resources Company ले यो सर्वेक्षण गरिरहेको छ। यदि तपाईंसँग केहि प्रश्नहरू छन् वा सर्वेक्षणको लागि सहायता चाहनुहुन्छ भने, कृपया एलिजाबेथ पेफर्डलाई 614-947-8899 मा सम्पर्क गर्नुहोस्, वा epafford@measurementresourcesco.com   मा इमेल पठाउनुहोस् ।

T